सङ्खुवासभामा भूकम्पको धक्का

काठमाडौँ । सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो।

परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ। हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

यही भदौ १ गते रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्नीच्युडको भूकम्प गएको थियो। 

विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर