'पासवानले भने– रुबीको हत्या मैले गरेँ, तर दोषी उनकी आमा हुन्'

जनकपुरधाम । रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाउनु पहिला १० मिनेटको भिडियो सन्देश बाहिरिएकाे छ । हत्यामा रुबीकी आमा नै प्रमुख दोषी रहेको भन्दै उनले भिडियो बनाएका हुन् ।

माधवनारायण नगरपालिका– ६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आफ्नो शरीरमा आफैँले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन् । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि रुबीको हत्या आफैँले गरेको बताएका छन् ।

भिडियो सन्देशमा उनले रुबीको हत्या आफैँले गरेको स्वीकार गरेका हुन् ।

माधवनारायण नगरपालिका– २ घर भएकी रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो ।

घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकार गरेका छन् ।

उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेमविवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् ।

 ‘रुबी मरिसकेपछि आफू बाचेर के गर्नु भन्ने लागेको छ । नेपाल प्रहरीलाई मेरो सलाम छ । तपाईंहरूले राम्रो काम गरिरहनु भएको छ,’ उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’

उनले जारी गरेको भिडियो सन्देशमा राजन, राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन् ।

“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।

उनको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफ्फरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो ।

हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ ।

उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरू हुने खाने धनीमानीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।

आफ्नै शरीरमा आगो लगाएर घाइते भएका लक्ष्मण पासवानको यतिवेला रौतहटको गरुडास्थित एक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनले बनाएको भिडियोमा अब आफुहरूको भेट माथि हुनेछ भनेका छन् ।

हत्या भएको राति आफुहरूले लामो समय कुराकानी गरेको र दुवैजनाले मर्ने निधो गरेको उनको भिडियोमा उल्लेख छ । पासवाले भिडियोमा आफु जेल जान नचाहेको र रुबीलाई भेट्न जान लागेकाले पक्राउ परेका रिक्साचालकको कुनै दोष नरहेको बताएका छन् । 

गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।

हाल घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर