• २०८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025

एमाले नेता ऐन महर प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा परेका छन् । 

उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ।

महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। 

विद्युतीय कारोबार ऐन २०६३ को कसुरअनुसार उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो। ऐन महरविरूद्ध साइबर ब्युरोमा पनि मुद्दा छ।

एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 

यसअघि पनि उनीविरूद्ध प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको थियो। 

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी दिएर पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर