कलाकार 'माग्ने बुढा' घाइते 

काठमाडाैं । हास्य कलाकार तथा अभिनेता माग्ने बुढा (केदारप्रसाद घिमिरे) घाइते भएका छन् ।  

ब्याटमिन्टन खेल्नेक्रममा उनको दायाँ हातमा चोट लागेको छ । अहिले उनी हातमा ब्यान्डेज बाँधेर आफू अभिनित चलचित्र माग्ने राजाको प्रचारमा जुटेका छन् ।  

हातमा चोट लागेपछि उनको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार गरिएको छ । उपचारमा संलग्न डा सम्पूर्ण महर्जनका अनुसार घिमिरेको  ब्याटमिन्टन खेल्ने क्रममा लडेर चिप फ्याक्चर डिस्टल क्ल्याभिकल दायॅा(दायॅा कुममा) भएको छ । अब उनले चार हप्ता आराम गर्नुपर्ने भएको छ ।  

हात फ्याक्चर भए पनि उनी आफ्नो फिल्म लागेका हलमा दर्शकसँग भेट्न पुग्दै आएका छन् । उल्लेख्य दर्शकका साथ उनी अभिनित माग्ने राजाको प्रदर्शन जारी रहेकाले दर्शकसँग प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन आफू सकेसम्म हल पुग्ने गरेको घिमिरेले बताए ।  

दर्शकको प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको घिमिरेले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर