• २०८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025

दलहरू लुकामारी खेल्दै छन्: थपलिया

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा ः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिक दलहरू ऐन विपरित लुकामारी खेले जसरी चलिरहेको उनको आरोप छ । उनले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पति विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनु पर्ने ऐनमा व्यवस्था भए पनि कुनै पनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरे ।

उनले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकोले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताए ।

उनले राजनीतिक दलहरू नै ऐन विपरित चल्दा मुलुकको विकास, सुशासन र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताए । उनले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दललाई भएको उल्लेख गर्दै उनले दलहरू मजबुत र संस्थागत नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर