• २०८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025

आजको मौसमः दिनभर वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय रहेका कारण मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। 

त्यसो त अहिले पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिररहेको छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली ढआकाशमा पातलो बादलण रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभाग साथै लुम्बिनी प्रदेश र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर