गोरखा केन्द्र भएर एकाबिहानै गयाे भूकम्प

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान सवा ६ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी छ।
प्रतिकृया दिनुहोस