पुटिनसँग माेदीले गरेकाे घनिष्ट वार्तालाई ट्रम्पले कसरी लिन्छन् ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनकाे भूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट देखिनेगरि "गहन" वार्तालाप गरे ।
शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका दुई नेताले त्यसको छेकोमा ४५ मिनेट कुराकानी गरेका थिए। त्यसका लागि उनीहरूले पुटिनको कार रोजे।
भेटका लागि पुटिनलाई धन्यवाद दिँदै मोदीले कारयात्राका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। "उहाँहरूलाई घरमा भए जस्तै लाग्यो।... उहाँहरूलाई त्यहाँ नै सजिलो लाग्यो। त्यसैले उहाँहरूले त्यहीँ वार्तालाप गर्नुभयो," पुटिनका प्रवक्ताले भने।
त्यसअघि एससीओ शिखर सम्मेलनका बेला मोदी र पुटिनले एकअर्काका हात समातेर उभिँदै कुराकानी गरेको देखिएको थियो। मोदी र पुटिनको घनिष्ठताले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विश्वमा अमेरिकाको विद्यमान प्रभुत्वलाई चुनौती दिन खोजेको ठानिएको छ।
ट्रम्पले भारतमा उत्पादित वस्तुमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन्। रुसबाट तेल र हतियार किनेको भन्दै उनले भारतलाई दण्डस्वरूप अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क थपिदिएका हुन्। तेल बेचेर रुसले युक्रेन युद्धका लागि खर्च जुटाउने गरेको अमेरिकी आरोप छ।
अमेरिकाले लगाएको उच्चतम ट्यारिफ खेप्ने राष्ट्रमध्ये भारत पनि हो। अमेरिकाले सर्वाधिक ट्यारिफ लगाएको भए पनि भारतले रुससँग तेल किन्न रोक्न जारी राखेको छ। पुटिन र मोदीबीच देखिएको घनिष्ठतालाई ट्रम्पका कारण उत्पन्न सङ्कटसँग जोडेर हेरिएको छ।
हिन्द-प्रशान्त महासागर क्षेत्रमा भारतलाई अमेरिकाको महत्त्वपूर्ण रणनीतिक साझेदार मानिन्छ। केही समयअघिसम्म पनि भारत अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो।
उता पुटिन पनि ट्रम्पले युक्रेन युद्ध अन्त्य हुने गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शान्तिवार्ता गर्न तोकिदिएको समयसीमाको दबावमा थिए। रुसले जेलेन्स्कीसँग वार्ता गर्ने कुनै योजना नभएको बताएको छ।
तियान्जिनमा आयोजित शिखर सम्मेलनमा बोल्दै पुटिनले सी र मोदीलाई उनीहरूले "युक्रेन सङ्कट समाधान गर्न सघाउन खोजेको" भन्दै धन्यवाद दिएका थिए। शिखर सम्मेलनमा सम्बोधन गर्दै पुटिनले ट्रम्पसँग अलास्कामा "भएको सहमति" सो दिशामा अगाडि बढ्छ र त्यसबाट युक्रेनमा शान्ति स्थापना गर्ने बाटो खुल्छ भन्ने आशा व्यक्त गरे।
पुटिनको योजनामुताबिक रुसी सेनाले फेब्रुअरी २०२२ मा युक्रेनी भूमिमा छिरेर पूर्ण स्तरको आक्रमण गर्न थालेको थियो।
सीएनएनलाई २२ अगस्टमा दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले पुटिनलाई शान्तिवार्ताका बारे जबाफ दिन दुई साताको समय दिएको बताएका थिए। ट्रम्पले एकपछि अर्को गर्दै बारम्बार रुसलाई युक्रेन युद्धका विषयमा समयसीमा तोक्दै आएका छन्। तर पुटिनले तिनलाई बेवास्ता गरेका छन्।
राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्पले यदि आफू राष्ट्रपति निर्वाचित भए पदमा बसेको २४ घण्टाभित्र रुस-युक्रेन युद्ध टुङ्ग्याइदिने उद्घोष गरेका थिए।
ट्रम्पले भारतमा उत्पादित वस्तुमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन्। रुसबाट तेल र हतियार किनेको भन्दै उनले भारतलाई दण्डस्वरूप अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क थपिदिएका हुन्। तेल बेचेर रुसले युक्रेन युद्धका लागि खर्च जुटाउने गरेको अमेरिकी आरोप छ।
अमेरिकाले लगाएको उच्चतम ट्यारिफ खेप्ने राष्ट्रमध्ये भारत पनि हो। अमेरिकाले सर्वाधिक ट्यारिफ लगाएको भए पनि भारतले रुससँग तेल किन्न रोक्न जारी राखेको छ। पुटिन र मोदीबीच देखिएको घनिष्ठतालाई ट्रम्पका कारण उत्पन्न सङ्कटसँग जोडेर हेरिएको छ। बीबीसीकाे सहयाेगमा
प्रतिकृया दिनुहोस