• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

एमालेको विधान महाधिवेशन: आज प्रतिवेदनहरूमाथि छलफल

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेको विधान अधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।

एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्।

छलफलका लागि भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि पत्र पठाएकी छन् ।

आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ।

हिजो अधिवेशन उद्घाटनसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।  एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरे ।

एमाले विधान महाधिवेशन भोलिसम्ममा सक्ने तयारी छ। 

पूर्वराष्ट्रपति भण्डारीले यो विधान महाधिवेशनमा आफू पनि सहभागी हुन जोडबल गरेकी थिइन्। तर, उनलाइ प्रवेशमै राेक लगाइयाे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर