• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

विद्या भण्डारीलाई राजनीतिमा आउन संविधानले राेक्दैन: देउवा

काठमाडौं । पूर्वराष्ट्रपति तथा उपराष्टपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘बास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा (पाइन्छ) भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर