• २०८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025

आजको राशिफल: इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि  विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ । व्यापार, उद्योग तथा पुँजी बजारमा लगानीको लागी केही समय पर्खनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा  शेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । यात्रा तथा मनोरञ्जनलाई स्थगित गर्दा नै राम्रो हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटेल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटाेपार्टस सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर