• २०८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025

डिल्लीबजार कारागारबाट कैदीबन्दी भाग्न खाेजेपछि..

काठमाडाैं । डिल्लीबजार कारागारबाट निस्किएका कैदीबन्दीलाई नेपाली सेनाले घेरा हालेको छ। 

बिहानभरि रिहा हुन माग गर्दै हुलदंगा गरेपछि उनीहरु कारागारबाहिर निस्किएका थिए। 

तर सेनाले उनीहरुलाई गेटैमा रोकेको हो। मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित नख्खु कारागारबाट कैदी छुटेपछि अन्यत्र कारागारमा रहेका कैदीहरुले समेत रिहाइको माग गरिरहेका हुन्।  

विभिन्न जिल्लामा थुनामा रहेका धेरैजसो कैदी भागेपछि डिल्लीबजार कारागारमा पनि कैदीबन्दी विद्राेहमा उत्रिएका छन् ।

प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । 

हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए ।

आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर