नवनियुक्त प्रधानमन्त्रीकाे सपथ ग्रहण, ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट

काठमाडाैं । जेनजी अभियानकाे परिणामस्वरूप प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन्।
शुक्रबार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन्।
शसपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाइ पनि दिएका छन्।
'तपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,' राष्ट्रपति पौडेलले कार्कीलाई भने।
राष्ट्रपति पौडेलले कार्कीलाई शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन्।
‘नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले सहमति र सिफारिसको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको ब्यहोरा जानकारी गराइन्छ,’ नियुक्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस