शुशीलाको सपथ ग्रहणः राजनीतिक दलको बहिष्कार कि सेनाको प्रतिवन्ध ?

काठमाडौं । शुक्रबार राति अन्तरिम सरकारको नेतृत्व गर्न लागेकी पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीको सपथ ग्रहण समारोह भयो । हुन त राष्ट्रपति कार्यालयनै जेनजीको आन्दोलनमा जलाइएका कारण एउटा साँघुरो कोठामा त्यो समारोह आयोजना गरिएको थियो ।
न्यून मानिसहरुको सहभागिता रहेको समारोहमा जेनजीका युवाहरुको बाकलो उपस्थिति थियो । कुटनीतिक बृत्तको पनि प्रतिनिधिमुलक सहभागिता थियो ।
तर राजनीतिक दलको उपस्थिति प्रायः शुन्य थियो ।
शपथ ग्रहणमा राजनीतिक दलहरूबाट दुई जना मात्र सहभागी भए। राति ९ बजेपछि भएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ सहभागी भएका हुन्।
यस्ता समाराेहमा अनिवार्य उपस्थिति हुने सभामुख देवराज घिमिरे र राष्टि्रय सभाका अध्यक्षा नारायण दाहाल पनि समाराेहमा देखिएनन् । अन्य राजनीतिक दलका नेता तथा सांसदहरू समाराेहमा उपस्थित भएनन् । पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी अेाली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूलाइ समाराेहमा निम्ताे नै दिइएन वा नेपाली सेनाकाे नियन्त्रणमा रहेका उनीहरू सहभागि हुन पाएनन् भन्ने खुलेकाे छैन ।
जेन–जी प्रतिनिधिका रूपमा अघि देखिएका सुदन गुरूङ सहितका प्रतिनिधिले प्रधानमन्त्री कार्की सहितसँग हात उठाएर ऐक्यबद्धता जनाएका थिए।
प्रतिकृया दिनुहोस