राष्ट्रसंघकाे प्रतिक्रियाः नेपालको शान्ति र प्रगतिमा साथ छ

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीद्वारा जारी विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ दिँदै यहाँको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याइएको हो।
‘यो महत्त्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देलका साथै युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
प्रतिकृया दिनुहोस