• २०८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025

काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन सहज हुँदै

काठमाडौं । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ । 

महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको एसएसपी अधिकारीले बताए ।

सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ ।

आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल, पसलहरु खुलेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ ।

संसद् विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद् विघटनको विरोध गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर