• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

देउवा कुट्नेमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि बर्बरतापूर्ण आक्रमण भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्तिमार्फत सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरभित्रै रहेका सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए। शेरबहादुर र आरजुमाथि भएको कुटपिटसम्बन्धी भिडिओहरू सामाजिक सञ्जालमा भाइरल छ।

साथै जेएनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा युवाहरूको मृत्यु हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

कांग्रेस उपसभाति खड्काले छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर