माओवादीले भन्यो: विध्वंसमा हाम्रो संलग्नता छैन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट जस्ता विध्वंसात्मक गतिविधिमा आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर वितण्डा मच्चाएको भन्दै त्यसको भर्त्सना गरेको हो।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता हिंसात्मक गतिविधिले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धमिलो बनाएको उल्लेख छ।
साथै, माओवादीले आफ्ना कुनै कार्यकर्ता त्यस्ता ध्वंसात्मक क्रियाकलापमा दोषी प्रमाणित भए कडाभन्दा कडा कारबाही गर्न तयार रहेको र सरकारलाई पनि तथ्य र प्रमाणका आधारमा जोकोहीलाई कारबाही गर्न आग्रह गरेको छ।
‘हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनी आग्रह गर्दछौं।’
प्रतिकृया दिनुहोस