गृहमा बालेनका कानुनी सल्लाहाकार अर्यालसहित ३ मन्त्रीको सपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर तीन सदस्य थप गर्न लागेकी छन् ।
अन्ततः अन्तरिम सरकारको गृहमन्त्रीमा बालेन शाहका कानुनी सल्लाहाकार वरिष्ठ अधिवक्ता ओम अर्याल हुने भएका छन् । प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार अर्याललाई गृह तथा कानुन मन्त्रालय, घिसिङलाई ऊर्जा मन्त्रालय र खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरूको सोमबार सपथग्रहण हुने स्रोतको दाबी छ। खनाल पूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
प्रतिकृया दिनुहोस