डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने कुलमानको पहिलो निर्णय

  • भ्रष्टाचार गरेकाे भेटिए तत्काल कार्वाही हुन्छ, याे जेन्जीकाे जनादेश पनि हाे ।

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। व्यापारिक घरानाहरूले पनि यस विषयमा सहयाेग गर्ने उनले विश्वास व्यक्त गरे । 

शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए। 

साे क्रममा उनले विगतमा प्राधिकरणकाे कार्यकारी प्रमुख हुँदा यसै विषयका कारण पद छाेड्नुपरेकाे स्मरण गर्दै उनले अहिले सरकारले पनुर्निमार्णका लागि पनि उद्याेगीहरूले सहयाेग गर्नुपर्ने उनले बताए ।

ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन्। 

डेडिकेटेड र ट्रंक लाइनको ब‍क्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उनलाई विद्युत प्राधिकरणबाट  हटाइएको थियो। 

प्राधिकरणमा अहिले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन्। यसबारे शाक्यलाइ निर्देशन पनि दिएकाे उनले बताए । 

भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथामिकताकाे रूपमा जेनजी आन्दाेलनमा देखिएकाले त्यसलाइ कडाइका साथ पालना गर्ने र आफ्नाे पारदर्शीतामा समस्या आए भन्न उनले अनुराेध गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर