• २०८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025

तीन भाषामा शुभकामना दिएका माेदीले कार्कीसँग भिडियाेवार्ता गर्दै

काठमाडौँ । चुनावी सरकारकाे नेतृत्व गर्दै अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल मार्फत नेपाली, अंग्रेजी र हिन्दी ३ भाषामा शुभकामना दिएका थिए । कार्कीकाे केहीबेरमा उनै भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।

मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए । कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
 
भिडियाे वार्ताकाे तयारी भइरहँदा मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।  

भेटघाट दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ।  
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।  

भेटघाट दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ। प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन्। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ।  

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।  

भेटघाट दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ। प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन्। 

कार्कीको शपथग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो। पछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरको एक सम्मेलनमा बोल्ने क्रममा नेपालको उदाहरण दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर