बैंकबाट चोरिएको १८ किलो सुन बजारमाः प्रहरी भन्छ- बिल नभएको सुन नकिन्नु

काठमाडौं । हाल बजारमा सुनको मूल्य सर्वाधिक महंगो छ । २ लखा १६ हजार भन्दा माथि सुनको मुल्य भएको बेला जेनजी आन्दोलनकका क्रममा १८ किलो सुन चोरी भएको छ ।
जेन-जी आन्दोलनका क्रममा लुटपाट र चोरी भएको भन्दै यसप्रति प्रहरीले सर्वसाधारणलाई यस्ता सामान निकन्न सचेत गराएको हो ।
प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरुबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न भनेको छ ।
सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार संलग्नलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस