जेनजी आन्दोलनका सहिदहरुको सम्झनामा युवा परिषदद्वारा दीप प्रज्वलन

भक्तपुर। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले जेनजी आन्दोलनका सहिदहरुको सम्झनामा श्रध्दाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम गरेको छ। सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन सानोठिमी भक्तपुर स्थित परिषद् कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन गरिएको हो।
श्रदाञ्जली कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्ताका युवाका चाहना र भावना अनुरुप अघि वढ्नसके मात्र सहिदहरुप्रति सच्चा श्रध्दाञ्जली हुने वताए। वस्नेतले भने-'जेनजी आन्दोलनका सम्पुर्ण सहिदहरुप्रति भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोककुल परिवारजन र मनहरुमा गहिरो समवेदना ब्यक्त गर्दछु। '
बस्नेतले कलेज/स्कुल पोशाकमा भएका कल्कलाउंदा युवालाई अन्धाधुन्ध गोली हान्ने र आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा लुटपाट मच्चाउनेलाई निष्पक्ष छानबीन गरी कडा कार्वाही गर्नुपर्ने बताए। बस्नेतले भने-' पक्कै पनि आम युवाका अपेक्षामाथि हामीले न्याय गर्न सकेका छैनौं, युवाको अपेक्षा र हाम्रो सामर्थ्य एवम् मनोवृत्तिका विच ठुलो खाडल थियो र छ।'
बस्नेतले जेनजी आन्दोलनको जगमा केन्द्रबिन्दुमा आएका नेपाली युवाका आशा, सपना र सम्भावनामाथि यथोचित न्याय गर्न हरेकले आआफ्नो ठाउँवाट प्रण गर्नुपर्ने जिकिर गरे। उनले भने-' सवै नयां भएर उठौं, सवै नयां भएर जुटौं।'
जेनजी आन्दोलनका क्रममा सानोठिमी स्थित परिषद कार्यालय सकुशल रहेको छ । तर भाद्र २४ गते युवा तथा खेलकुद मन्त्रालयमा आयोजित वैठकमा भाग लिने क्रममा आन्दोलन चर्किएपछि सिंहदवारमा नै राखिएका परिषदका दुवै गाडी काम नलाग्नेगरी जलेको परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए।
जेनजी आन्दाेलनका क्रममा ७३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिकृया दिनुहोस