• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

आजको राशिफल: पुराना थाती रहेका काम सम्पादन हुनेछन्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ । वित्तीय बजारमा लगानीको लागी केही समय पर्खनु नै राम्रो रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न  सकिनेछ  । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । बिलासी तथा भौतिक वस्तुका प्रयोग गर्न फाइनेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै सिलसिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका  कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन, सम्पत्ति, चिट्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर