• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

प्रहरीमाथि नै प्रश्न उठेका बेला काठमाडौं सम्हालन आईपुगे एसपी भट्टराई

काठमाडौं । जेनजी आन्दोलन र यसका दौरान नेपाल प्रहरीले निभाएको भूमिकालाई लिएर कतिपयले प्रश्नहरु उठाइरहेका छन् । कतिपयले सकारात्मक तारिफ पनि गरेका छन् भने कतिपयले सेनाबाट प्रहरीले सहयोग नपाएको गुनासो गरेका छन् । 
जेनजी आन्दोलनका क्रममा प्रहरीले बेहोर्नुपरेको क्षेती र व्यवहारका कारण प्रहरीको मनोबल भने निक्कै खस्किएको छ । काठमाडौं उपत्यकामा देखिएको यस्तो अवस्थामा सुधार ल्याउन जेनजी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी संरचनाभित्र व्यापक हेरफेर गरेका छन् । 

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्रीसँग समन्वय गरेर ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गर्ने निर्णय गरे । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहरा र कुलदीप चन्द सरुवा भएका छन्। 

अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा सरुवा गरिएको छ। बोहराको स्थानमा काठमाडौँमा पवन कुमार भट्टराईलाई ल्याइएको छ। भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए।

यसअघि उनी डीएसपी हुँदा पनि काठमाडौँमा काम गरेका थिए। पाल्पामा भने अर्का एसपी दीपेन्द्र पञ्जियार थारुलाई पठाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरी पनि सरुवा भएका छन्। उनको स्थानमा नरेशराज सुवेदीले जिम्मेवारी पाएका छन्। सुवेदी यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनमा कार्यरत थिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा नारायण प्रसाद चिमरिया र सिताराम रिजाललाई ल्याइएको छ। यस्तै सीआईबीमा पनि एसपीहरू हेरफेर भएका छन्। 

जेनजी आन्दोलनमा उपत्यकाका प्रहरी कार्यालयहरू तहस नहस भएपछि सरकारले आठ वटा सेक्टर बनाएर सुदृढिकरणको काम सुरु गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर