• २०८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025

संसद मास्ने र राष्ट्रपति हटाउने खेल विफल पारेको भन्दै प्रचण्डले रामचन्द्रलाई दिए धन्यवाद (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडलले संविधान र व्यवस्थाको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद भनेका छन् । 

प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरे । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति  रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताउँदै धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर