• २०८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025

सबैलाई नयाँ भएर उठ्न र जुट्न उपाध्यक्ष बस्नेतको आग्रह

काठमाडौं। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी आन्दोलनमा अभिब्यक्त  भावना वमोजिम सवैलाई नयां भएर उठ्न र जुट्न आग्रह गरेका छन्। बस्नेतले नेपाली युवाका सपना र सम्भावनामाथि यथोचित न्याय गर्न सवैले आआफ्नो ठाउँवाट प्रण गर्नुपर्ने जिकिर गरेका छन्।

शुक्रवार संविधान दिवसको अवसरमा परिषदको तर्फवाट विज्ञप्ति जारी गर्दै बस्नेतले युवाका आकांक्षा सम्वोधन हुन नसक्दा असन्तुष्टि वढेको औल्याएका  छन्। बस्नेतले भनेका छ्-' शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टि गरिएको गणतन्त्रात्मक संविधानको उज्यालो आम नागरिकको विचमा प्रभावकारी ढंगले पुग्न नसक्दा वेलावेला युवामा असन्तुष्टि छाउनु स्वाभाविकै हो।' 

जेनजी आन्दोलनका क्रममा नयां पुस्ताका युवाका भावना सडकमा अभिब्यक्त भएको उल्लेख गर्दै बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-' युवाका आशा, सपना र सम्भावनामाथि यथोचित न्याय गर्न हामी सवै आआफ्नो ठाउँवाट कोशिस् र प्रण गरौं।' 

'हामीले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अंग बनाएर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको गन्तव्य पहिल्याउनु जरुरी छ।'- विज्ञप्तिमा वस्नेतले भनेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर