नेपाली क्रिकेट टीमले बल्ल पाए युएईको भिसा

काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । शुक्रबारदेखि भिसा नपाएर नेपालमै रोकिएका उनीहरुले आइतबार भिसा पाएका हुन् । भिसा प्राप्त गरेसँगै नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ ।
नेपालमा जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो ।
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।
नेपालले यही २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।
प्रतिकृया दिनुहोस