दुई प्रदेश समिति सदस्यसहित नेसपा नुवाकोट माओवादीमा समाहित

काठमाडौं । बाबुराम भट्टराईले नेतृत्व गरेको र त्यसबाट विभाजित भएर गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा नुवाकोटका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् । एकाधबाहेक नेसपाको सिंगो समिति नै माओवादी केन्द्रसँग समाहित भएको हो ।
उनीहरु आज एक कार्यक्रमका समाहित भएको संघीय सांसदसमेत रहेका पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिए । ‘नेसपाका एक दुई जनावाहेक सवै नै माओवादी केन्द्रमा समाहित हुनुभएको हो,’ उनले भने, ‘नुवाकोटको बिदुरमा नेपाल समाजबादी पार्टीका कमरेडहरु र नेकपा माओवादी केन्द्र बीच एकतामा समायोजनको क्रममा परिचयात्मक भेटघाट ।’
समाहित हुनेहरुमा नेसपा प्रदेश समिति सदस्य राजन बम, केशव प्रसाद पुडाशैनी, जिल्ला संयोजक भगवान राना, सहसंयोजक डिलु तामाङलगायत सिंगो समिति माओवादीमा मिसिएको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस