नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्री पुनले ३ महिने सीमा तोकिदिएपछि तरंग

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएपछि तरंग सृजना भएकाे छ ।
उनले सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्तो छ शिक्षामन्त्रीको निर्देशन :
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बँगैचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।
प्रतिकृया दिनुहोस