सुरक्षित हुन दुई दिन धैर्य गर्नुहाेलाः मन्त्री घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूसँग भएका सामग्रीहरूका साथ विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शनिबार, आइतबार अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले आफू सुरक्षित रहँदै सडकमा काम गर्ने कर्मचारीहरू तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।
कार्यालयमा गएर बस्ने नभई सडकको अवस्था बुझ्ने, सहयोग गर्ने र आफूहरूसँग भएका उद्धारका सामग्रीहरू तयारी अवस्थामा राख्न जरुरी रहेको उनले बताएका छन् । दुई दिन ढिला भएर केही नबिग्रिने भन्दै उनले सतर्क रहेर मात्रै यात्रा गर्न आह्वान गरेका छन् । शनिबारेदेखि आइतबारसम्मको अवस्था गम्भीर रहेको उनले बताएका छन् ।
'सडकका साथीहरू सबै जना स्ट्यान्ड बाई बस्नुहोला । प्रोजेक्टको कार्यालयको अफिसमा बस्ने होइन कि सबैले सबैको सहयोग गरेर भएका इक्विपमेन्टहरू प्रयोग गरेर अघि बढौँ । आम जनसमुदायहरू पनि सतर्क रहेर यात्रा गरौँ । दुई दिन ढिला भएर केही हुँदैन । यात्रा सुरक्षित होस् । दुई दिनपछि त मौसम सफा नै हुन्छ । आज राति र भोलिको अवस्था अलि गम्भीर नै छ,' मन्त्री घिसिङले भनेका छन् ।
मन्त्री घिसिङले खोला किनारका बस्तीहरूमा गृह मन्त्रालयसँग कुराकानी गरेर सतर्कता अपनाउन आग्रह गरेको बताएका छन् । शनिबार राति धेरै बाढी आउने भएकाले सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । खोला किनारका सडकबाट सवारीसाधन नचलाउन पनि आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस