जेनजीले मागे ओलीले नियुक्त गरेको अख्तियार प्रमुख राईको राजीनामा

काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको राजीनामा मागेको छ।
जेनजी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान पनि रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सबैलाई राजीनामा दिन आग्रह गरिएको जनाइएको छ।
अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएका कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन्।’
अलायन्सले आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको जनाएको छ।
प्रतिकृया दिनुहोस