नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकममा वृद्धि
काठमाडाैं । आइतबार सेयर बजारमा तीन प्रतिशतभन्दा धेरै गिरावट देखिएको छ। नेप्से परिसूचक ७८.८३ अंकले घटेर दुई हजार ५०३.३५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.६४ प्रतिशतले घटेको छ।
नेप्से घट्दा आज कारोबार रकममा भने वृद्धि देखिएको छ। यसअघि पाँच अर्बमा रहेको कारोबार रकम आइतबार ६ अर्ब ७० करोड रुपैयाँभन्दा माथि पुगेको छ। ३२१ कम्पनीका एक करोड ४३ लाख ६४ हजार कित्ता सेयर ६७ हजार २०२ पटक खरिद बिक्री भएको छ।
आज नेप्सेका १३ वटै समूहको सूचक घटेको छ। होटेल तथा पर्यटन र अन्य समूहको सूचक चार प्रतिशतभन्दा धेरैले गिरावट हुँदा वित्त, जलविद्युत् र लगानी तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।
सर्वाधिक कमाइ गरेका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशत कमाउँदा पन्चकन्या माई हाइड्रो चार प्रतिशतले बढेको छ। बुटवल पावर कम्पनी र नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले भने नौ प्रतिशतभन्दा धेरैले गुमाएका छन्।







प्रतिकृया दिनुहोस