जनताको जलविद्युत : पहिलो सेयर प्रधानमन्त्री, तेस्रो ऊर्जामन्त्रीलाई

काठमाडौं । माथिल्लो त्रिशुली थ्रि बी जलविद्युत आयोजनामा ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले पनि आवेदन दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारबाट मन्त्री पुनले तेस्रो आवेदकका रुपमा नै कम्पनीको सेयरमा आवेदन दिएका हुन् ।
‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनामा मन्त्री पुनले १ हजार कित्ता सेयर खरिद गरेका हुन् ।
त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले पनि उक्त आयोजनाको २ हजार कित्ता सेयरका लागि आवेदन दिएकी छिन । आयोजनाको दोस्रो आवेदन प्रधानमन्त्री पत्नी राधिका शाक्याले दिएकी थिइन् ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रुपमा सेयर निष्काशन गरेको हो ।
सेयरधनीहरुले हाललाई प्रति सेयर १० रुपैयाँको दरमा अग्रिम सेयर खरिद गर्न सक्ने छन् । बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्काशन गर्नेछ । हाल प्रति कित्ता १० रुपैयाँमा सेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा सेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ । बिक्री प्रबन्धकका अनुसार आयोजनाको सेयरमा चैत ७ गते बिहीबारदेखि छिटोमा चैत्र १२ गते र सो अवधिमा सेयर बिक्री नभएमा बैंशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो पनि हेर्नुहोस्
प्रधानमन्त्रीले कति किने माथिल्लो त्रिशूली थ्रि बीको सेयर ?
जनताको जलविद्युत कार्यक्रम सुरु, प्रधानमन्त्री ओलीले दिए सेयरका लागी पहिलो आवेदन (फोटोफिचर)
प्रतिकृया दिनुहोस