एनआरएनए अध्यक्षमा तीन जना भिड्दै, को को भए निर्विरोध ?
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको भिडन्त हुने पक्का भएकाे परेको छ।
आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान) ले उम्मेदवारी दिएका हुन्।
छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध भएकी छन्।
महासचिव पदका लागि डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडाले उम्मेदवारी दिएका छन्। दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवमा कञ्चन थापा निर्विरोध भएकी छन्।
कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेले उम्मेदवारी दिएका छन्। तीन सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको मात्र उम्मेदवारी परेको छ। महिला सहकोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध भएकी छन्।
महिला संयोजक पदका लागि परसुना कँडेल र रश्मी थापाले उम्मेदवारी दिएका छन्। युवा संयोजकमा नवीन न्यौरे र दीपेश खत्रीको उम्मेदवारी परेको छ।
क्षेत्रीय संयोजकतर्फ अफ्रिका क्षेत्रबाट मनोज बिक र भुवन खरेल निर्विरोध भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने युरोप संयोजकमा रोबर्ट लिम्बु निर्विरोध भएका छन्। मध्यपूर्व संयोजक पदमा दुई जनाको उम्मेदवारी परेको छ।
ओशियाना क्षेत्र संयोजकमा रमेश जोशी निर्विरोध भएका छन्। दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध भएकी छन्।







प्रतिकृया दिनुहोस