गण्डकीका सबै मन्त्री फेरिए, मन्त्री नपाएपछि यी सांसदनले दिए राजीनामा

पाेखरा । गण्डकी प्रदेशमा एकैपटक सबै मन्त्री फेरिँदै नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्री नियुक्त गरी बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नौ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेस र नेकपा एमालेले चार/चार मन्त्रालय पाएका छन् भने मुख्यमन्त्री पाण्डे स्वयं कांग्रेसबाट नेतृत्वमा छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन्।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नियुक्त भएका छन्।

यसैबीच मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री पद नपाएपछि नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। मन्त्री बन्न प्रयासरत रहेका कुँवरले प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

यसैबीच बागलुङबाट निर्वाचित नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुवरले पदबाट राजीनामा दिएका छन्। 

बुधबार कुवरले सभामुख कृष्णप्रसाद धितालसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै कुवरले राजीनामा दिएको जनाइएको छ। 

कुवर कांग्रेसमा सभापति गगन थापा पक्षधर नेताको रुपमा चिनिन्छन्। सधैँ गगनको साथ रहँदै आएका उनले मन्त्रिपरिषद् पुनर्गठन हुँदा सरकारमा जाने चाहना राखेका थिए। तर, कांग्रेसका बागलुङ सभापति जित शेरचन छनोट परे। शेरचनलाई आर्थिक मामिला मन्त्रालयका जिम्मेवारी दिइएको छ। 

कुवरले सभामुख धिताललाई लेखेको राजीनामा पत्रमा कारण खुलाएका छैनन्। आफूलाई जिताउने मतदातालाई धन्यवाद दिएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर