कांग्रेसका सबै मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री संकटमा

काठमाडौं । रास्वपा सरकारविरुद्ध संघमा पुराना दलले सहकार्य गर्ने तयारी गरिरहेका बेला  कर्णाली प्रदेश सरकारमा भने कांग्रेस र एमालेबीच विग्रह आएकाे छ । सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट एमालेका मुख्यमन्त्रीलाई राजीनामा दिएका छन्।

आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए।

आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए। 

कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए। कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए। तत्कालका लागि कडेल नेतृत्वको सरकार संकटमा परेको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएकाे कर्णाली प्रदेश सभामा ४० सदस्य छन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर