• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

फाइनल अघिनै अर्जेन्टिनाका खेलाडी किन रुन थालेका थिए ? मेसी किन सबै बिर्सेर खेल भनिरहेका थिए ?  

एजेन्सी । अघिल्ले विश्वकपकाे विजेता र यसपालीकाे फाइनलिष्ट मेसीले नेतृत्व गरेकाे टिम अर्जेन्टिनाले यस्ताे मात्रै खेल पस्केला भन्ने उनीहरुका समर्थकलाई त लागेकाे थिएन नै विराेधीहरुले पनि स्वीकारेका थिएनन् । फाईनलमा अर्जेन्टिनाकाे खेल देखेर धेरैले केही गडबड भएकाे अनुमान गरिरहेका थिए । 

जसलाई मलजल गर्ने एउटा भिडियाे अहिले इन्टरनेटमा भाइरल भएकाे छ । मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फिफा विश्वकपको फाइनलमा स्पेनसँग ०-१ ले पराजित भएपछि अर्जेन्टिनी ड्रेसिङ रूमको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कप्तान लियोनेल मेसीले मैदान प्रवेश गर्नुअघि आफ्ना साथीहरूलाई दिएको अन्तिम सन्देश र खेलाडीहरूको शान्त प्रतिक्रियाले इन्टरनेटमा व्यापक बहस र अड्कलबाजी सिर्जना गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

अर्जेन्टिनाको 'टिवाइसी स्पोर्ट्स' ले पहिलो पटक सार्वजनिक गरेको उक्त क्लिपमा मेसी आफ्नो टिमको जर्सीमाथि आधिकारिक ज्याकेट लगाएर ड्रेसिङ रूमबाट बाहिर निस्कँदै गरेका देखिन्छन्।

हिन्दुस्तान टाइम्सका अनुसार मेसीले आफ्नै शान्त शैलीमा स्पेनिस भाषामा साथीहरूसँग भन्छन्, 'ठिक छ साथीहरू, शान्त रहौं। सबभन्दा महत्त्वपूर्ण कुरा हामी संयमित रहनु हो।'

विश्वकपको फाइनल जस्तो खेलअघि कप्तानबाट आउने सामान्य र संयमित सन्देश जस्तै लागे पनि त्यसपछिको उहाँको अर्को वाक्यले भने इन्टरनेटमा सबैको ध्यानाकर्षण गराएको छ।

'सबै कुरा बिर्सिदेऊ। केवल खेल खेल। साथीहरू, मात्र दौडिनेबारे सोच,' मेसीले थपे।

Leo Messi telling the players before the game to "Stay calm" and "Forget about everything else."

"Let’s stay calm, boys. Forget about everything else. Forget about everything. Let’s just think about playing, that’s all." pic.twitter.com/3LNI8WXaIi

— All About Argentina ???????????? (@AlbicelesteTalk) July 20, 2026

मेसीका यी शब्द सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। कतिपय प्रशंसकले खेल सुरू हुनुअघि नै अर्जेन्टिनी ड्रेसिङ रूमभित्र केही गडबडी वा दबाब थियो कि भनेर आशंका व्यक्त गरेका छन्।

यद्यपि, टोलीभित्र कुनै आन्तरिक समस्या थियो भन्ने पुष्टि गर्ने कुनै प्रमाण छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यो अस्वाभाविक रूपमा गम्भीर र संयमित सन्देशलाई फाइनलअघि अपेक्षा गरिएभन्दा फरक माहोलको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।

उनीहरुले अर्जेन्टिनाका खेलाडीलाई लगातार कार्ड दिनु तर स्पेनिसलाई नदिनु, डिफेन्डर मार्टिनेजलाई छिट्टै निकाल्नु तथा लाउटाराेलाई मैदानमै नछिराउनु खेल अघि नै प्रशिक्षक स्काेलानी रुन थाल्नु, अर्जेन्टिनाका खेलाडीकाे काेही पनि आफत्न र‌गशालामा नदेखिनु जस्ता कारणले खेलकाे परिणाम पहिला नै तय थियाे भन्र तर्क गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर