उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्याे ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र चाँदी एक तोला रु चार हजार ५०५ निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र चाँदी चार हजार ४८० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







प्रतिकृया दिनुहोस