• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

सीजेपीको अन्दोलनसँग झुके मोदी, शिक्षामन्त्रीले दिए राजीनामा

काठमाडौं । कक्रोच जनता पार्टीको लगातारको अन्दोलनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी झुक्न बाध्य भएका छन् । सीजेपीको आन्दोलन देशभर चर्कन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सीजेपीका प्रतिनिधिसँग वार्ता गरेका थिए । 

परिणामस्वरुप भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्ला केही सातादेखि दिल्लीसहित विभिन्न स्थानमा विद्यार्थीहरूले परीक्षा प्रश्नपत्र चुहावटलगायतका अनियमितताविरुद्ध प्रदर्शन गर्दै उनको राजीनामा मागिरहेका थिए।

शनिबार धर्मेन्द्र प्रधानले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै यो निर्णय गरेको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएकाे छ । 

उनले आफ्नो पत्रमा भनेका छन्, ‘राष्ट्रविरोधी तत्वहरूले वर्तमान परिस्थितिको फाइदा नलिउन्, देश एकताबद्ध रहोस्, विद्यार्थीहरू कानुनी जटिलतामा नफसी आफ्नो अध्ययन र भविष्यमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले मैले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेश गरेको छु।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर