• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

युक्रेनले रसियामा गरेको ड्रोन हमलामा ७ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । दक्षिण रुसकाे समुन्द्री किनारमा ड्रोन खस्दा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएकाे छ भने ४० जना घाइते भएका छन् ।  स्थानीय अधिकारीहरूका अनुसार ब्ल्याक सी किनारमा रहेको अर्खिपो-ओसिपोभका नजिकैको किनारमा उक्त ड्रोन खसालिएकाे हाे । जसमा घाइतेमध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ।

क्रैस्नोदार क्षेत्रका गभर्नर भेनियामिन कोन्द्रात्येभले युक्रेनमाथि सर्वसाधारणलाई लक्षित गरी नियोजित आक्रमण गरेको आरोप लगाएका छन्।  

ड्रोनको मुख्य निशाना के थियो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। वायु रक्षा प्रणाली (Air Defences) ले ड्रोन खसाल्न खोज्दा खसेको हुन सक्ने अनुमान गरिएको छ।

विगत एक वर्षयता युक्रेनले रुसको भित्री भागसम्म लामाे दुरीका आक्रमणहरू गरिरहेकाे छ ।

उसले सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा पूर्वाधार र व्यापारिक गोदामहरूलाई निशाना बनाउँदै आएको छ।

धेरै पटक यस्ता आक्रमणहरूबाट सर्वसाधारणको ज्यान गएको छ। गत साताको अन्त्यमा (weekend) मात्रै रुसका विभिन्न शहरहरूमा आठ जनाको मृत्यु भएको थियो।

मङ्गलवार बिहानै रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्ग (St Petersburg) नजिकै एउटा गोदाममा ड्रोन आक्रमण भएको क्षेत्रीय गभर्नर अलेक्ज्याण्डर द्रोज्देन्कोले बताएका छन्।  

अर्कोतर्फ, रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेदेखि नै आवासीय क्षेत्र र शहरहरूलाई निशाना बनाउँदै आएको छ, जसका कारण हजारौँ सर्वसाधारणको मृत्यु र घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार शनिबार किभ (Kyiv) मा भएको रुसी ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै दर्जन्‌औँ घाइते भएका छन्। शहरका मेयरका अनुसार शेभचेन्किभ्स्की (Shevchenkivskyi) क्षेत्रको एउटा आवासीय भवन आंशिक रूपमा नष्ट भएको छ र मानिसहरू भित्रै थुनिएका छन्। गत हप्ता युक्रेनको क्रिभी रिह (Kryvyi Rih) क्षेत्रको एक भवनमा भएको आक्रमणमा एकै परिवारका १० जनाको मृत्यु भएको थियो।

हालैका हप्ताहरूमा युक्रेनी आक्रमणहरूले विशेष गरी "रुसी अमेजन" (Russian Amazon) उपनामले चिनिने ठूलो अनलाइन रिटेलर वाइल्डबेरीज (Wildberries) का गोदामहरूलाई निशाना बनाएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर