लेखा समितिमा विपक्षको खबरदारीः कुनै पनि बहानामा अनियमितता संस्थागत नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले कुनै पनि बहानामा कुनै पनि किसिमको अनियमितता, भ्रष्टाचार वा खराब नियतले नगर्न चेतावनी दिएका छन् । 

सार्वजनिक लेखा समितिमा आज भएको छलफलका क्रममा उनले वर्तमान सरकारलाई कुनै पनि वाहानाबाट छुट दिन नहुने उनले बताए । 

१ खर्बभन्दा बढीको लेखापरीक्षण हुन नसक्नुको कारण भाद्र २३–२४ गतेको घटना भनिएपनि यस किसिमको अवस्थालाई सम्बोधन गर्ने हाल कुनै स्पष्ट कानुनी व्यवस्था नरहेकाले सरकारको आधिकारिक दृष्टिकोण स्पष्ट हुनुपर्ने उनले उल्लेख गरे ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताए ।  

प्रतिनिधिसभा अन्तर्गतको लेखा समिति बैठकमा अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता वैकल्पिक स्रोतहरू बाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताए । धेरै क्षति भएका कार्यालयहरूमा स्थलगत अनुगमन गरी विशेष निगरानीमा राख्नुपर्ने उनले बताए ।

उहाले भाद्र २३ र २४ गते घटनामा फरक फरक बुझाइ रहेपनि काबुबाहिरको परिस्थितिका रुपमा आफुले बुझेको उल्लेख गरे । यस्ता घटनालाई मध्यनजर गर्दै काजगातको डिजिटलाइजेसनमा सरकारले जोड दिएको उनको भनाइ छ ।  

बैठकमा महालेखापरीक्षक तोयम रायाले आन्दोलनका क्रममा स्रेस्ता जलेपछि १ खर्ब४७ अर्ब ८९ करोड ६९ लाखको अडिट गर्न नसकेको प्रतिवेदनमा उल्लेख रहेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर