• २०८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026

किन पत्रकार किशाेर श्रेष्ठ पक्राउ परे?

काठमाडाैं । जनआस्था साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार किशाेर श्रेष्ठलाई सरकारले पक्राउ गरेकाे छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक सांसदकाे उजुरीका आधारमा उनलाई आज ढिलाेगरी नख्खुबाट पक्राउ गरिएकाे हाे ।

एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेको र साेही आधारमा पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।

श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ।

ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।

साथै उनले एक भिडियो सन्देश जारी गर्दै सो फोटो गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र त्यसमा कुनै सत्यता नभएको बताएकी छन्। तर उनी आफैंले उक्त फाेटाे फेसबुकमा पाेष्ट गरेकी थिइन् ।

श्रेष्ठ जनआस्था पत्रिकाका अध्यक्ष हुन् तथा प्रेस काउन्सिलका पूर्व कार्यवाहक अध्यक्षासमेत हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर