• २०८३ श्रावण ३० शनिबार
  • Saturday, 15 August, 2026

कांग्रेस देउवा पक्षको भेला काठमाडाै‌मा सुरु, के भने विश्वप्रकाशले ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला सुरु भएकाे छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान केहिबेर अघि सुरु भएकाे भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए। काठमाडौं फर्किएपछि उनलाई कांग्रेस नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

राष्ट्रिय भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीका आगामी नीति तथा कार्यक्रम तय गरिने नेताहरूले बताएका छन्।

यसैबीच यस्ताे भेलाले नेपाली कांग्रेस पार्टीलाई राम्राे नगर्ने चेतावनी दिएका छन् । शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिए। 

शुक्रकार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताए। पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए। 

विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको भनाइ छ। उनले देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार्न सक्नेले पार्टीको नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हृदय राख्नुपर्ने आवश्यकता रहेको बताए। 

देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै शर्माले उक्त विचारलाई अहिलेको भेलाको केन्द्रमा राखिनुपर्ने बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर