• २०८३ श्रावण ३१ आइतबार
  • Sunday, 16 August, 2026

मेसीको मायामीले गुमायो शीर्ष स्थानमा उक्लने मौक, खायो ४ गोल

काठमाडौं । अमेरिकन सकर लिगमा लियोनल मेसी नेतृत्वको इन्टर मायामीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । आज विहान गेवडिस पार्कमा भएको एमएलएस अन्तर्गतकाे अवे खेलमा मायामी ४–१ गोलको हार खान बाध्य भयो ।

यो हारले शीर्ष स्थानको नासभिल्लेसँग मायामीको दूरी पनि बढेको छ । 

१९ खेल सकिदा नासमिल्ले ४३ अंकसहित शीर्ष स्थानमा छ भने मायामीकाे समान खेलबाट ३८ अंक छ । 

विहानकाे खेलमा अग्रता नासभिल्लेले नै लिएकाे थियाे । खेलकाे १७ मिनेटमा गाेल गरेर अग्रता लिएकाे नासभिल्लेवरूद्ध पहिलाे हाफकाे अन्तिम मिनेटमा गाेल गरेर मायामीले बराबरी गरेकाे थियाे । मेसीकाे पासमा सागाेभियाले गाेल गरेका थिए ।

तर दाेस्राे हाफमा नासभिल्लेले ३ गाेल थपेर ४–१ काे सानदार जित निकालेकाे हाे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर