नेकपा आजदेखि सरकारमा, जीवन आचार्यको नेतृत्वमा सहभागि हुने
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी नेकपा कोशी आजदेखि सरकारमा सहभागि हुने भएको छ ।
मोरङ ४ बाट निर्वाचित नेकपा सांसद आचार्यको नेतृत्वमा ४ मन्त्री सहभागि हुने तय भएको एक सांसदले जानकारी दिए । आचार्य नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाई हुन् ।
लामो समयको विवादपछि नेकपाले मन्त्रीहरूको सूची टुङ्गो लगाएको हो । पार्टी केन्द्रसँगकाे समन्वयमा प्रदेशका इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज सावित्री काफ्ले र नेकपा संसदीय दलका नेता इन्द्रकुमार आङबाेसहितकाे बैठकले मन्त्री टुंगाे लगाएकाे हाे ।
नेकपाका अनुसार मन्त्रीका लागि आचार्य सहित, गम्बु शेर्पा, खिनु लङ्वा मन्त्री हुने छन् । अन्य एक मन्त्रीकाे टुंगाे लग्न बाँकी रहेकाे ती नेताले बताए ।
सरकारमा पठाएका मध्ये जीवन र खिनु यस अघि पनि मन्त्री भइसकेका छन् । गम्बु र सपना भने नयाँ अनुहार हुन् ।






प्रतिकृया दिनुहोस