सुदूरपश्चिममा नेकपाका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको प्राप्त गरेका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा भट्टले विश्वासको मत प्राप्त गरे ।

मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा ३१ मत र बिपक्षमा १५ मत परेको थियो । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा परेको ३१ मत प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले घोषणा गरे ।

मुख्यमन्त्री भट्टलाई नेकपा, नागरिक उन्मुक्ति पार्टीका सांसद पक्षमा र कांग्रेस र राप्रपाका सांसदले विपक्षमा मत दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर