• २०८३ भदौ ३ बुधबार
  • Wednesday, 19 August, 2026

संसदमा एमाले नेता बादलकाे विष्फाेटक भाषण:`तिब्बती गुम्बामा लुटिएको हतियार छ´

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले गत भदौको जेनजी आन्दोलनमा लुटपाट भएको हतियार तिब्बती गुम्बामा लुकाइएको आशंका गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दल एमाले संसदीय दलका नेता बादलले शोधकर्ताहरुको हवाला दिँदै यस्तो बताएका हुन्। निर्वासित तिब्बतीहरुलाई नेपालले मानवीय आधारमा शरण दिएको उल्लेख गर्दै बादलले राजनीतिक शरणार्थीको रुपमा कहिल्यै मान्यता नदिइएको स्पष्ट पारे।

‘कतिपय शोधकर्ताहरुले तिब्बती गुम्बाहरुमा ठूलो मात्रामा शक्ति संग्रह भइरहेको दाबी गरिहेका छन्। कतिपयले त भाद्रमा लुटिएका हतियारहरु त्यहाँ लुकाइएको आशंका गरेका छन्। स्मरण रहोस् निर्वासित तिब्बतीहरुलाई नेपालले मानवीय आधारमा शरण दिएको हो। राजनीतिक शरणार्थीको रुपमा कहिल्यै मान्यता दिएको छैन,’ उनले भने।

जेनजी आन्दोलनमा टिओबीले अग्रपंक्तिमा ताण्डव नृत्व प्रदर्शन गरेको र नयाँ सरकारलाई स्वयं दलाई लामाले बधाई दिएको स्मरण गराउँदै उनले भने, ‘उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त गरेको थियो।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर