प्रहरीका सइलाई माेबाइल कभर फेर्दा १० लाखको बम्पर उपहार 

काठमाडाैं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। उनी प्रहरीका सइ भएको खुलेको छ । 

आन्तरिक राजस्व विभागले  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो ।

साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक–एकजना र सबै सहभागीमध्येबाट छनोट गरिएको एकजनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन्। उनी  नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छन्। 

अर्थ मन्त्रालयसँग कुरा गर्दै  उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए।

‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छु । मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई–तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’  उनले भने, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’ 

सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर