बार्सिलोनाको धमकेदार सुरुवात, हान्यो ५ गोल
काठमाडौं । स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले नयाँ सिजनको सुरुवात धमकेदार गरेको छ ।
गएराति सम्पन्न एल्चेविरुद्धको खेलमा ५ गोल हानेर उसले नयाँ सिजनपनि उत्तिकै शक्तिशाली हुने स्रकेत दिएको छ । हिजो राति उसको निकटतम् प्रतिद्धन्दी जोसे मोउरिन्होको नेतृत्वमा रियल म्याड्रिडले इस्पनयोलसँग २–१ को कठिन जित निकालेको थियो ।
गएरातिकाे बार्साकाे जितकालागि राफिन्हा र फेरमिन लोपेजले दुई दुई गोल गरे । नयाँ अनुबन्धित खेलाडी एन्थोनी गोर्डनले भने दुई गोलमा अवसर सिर्जना गरे ।
डेब्यु गर्दै गरेका करिम एडेयेमीले पनि एक गोल गरे । बार्सिलोना र रियलबीच नै यसपल्ट पनि उपाधिको होड चल्ने अनुमान छ ।
अर्काे उपाधिकाे दाबेदार दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडले भिल्लारियललाई २–२ को बराबरीमा रोकेको थियो । एटलेटिकोको लागि गिलियानो सिमोनीले बराबरी गोल गरे र आफ्नो टिमलाई एक अंक दिलाए ।
एटलेटिकाेकाे स्टार जुलियन अल्भारेजविरुद्ध भने हुटिङ भयाे । उनी क्लब छाेडेर बार्सिलाेना जान चाहान्छन् । तर क्लबले उनलाई बाटाे सहज बनाएकाे छैन ।
यस्तै अर्को खेलमा गेटाफेले रेसिङ सान्टेन्डरलाई १–० ले हरायो ।







प्रतिकृया दिनुहोस